प्रवास

अमेरिकामा ट्रेनबाट एक युवकले धकेल्दा नेपाली घाइते

अमेरिकामा ट्रेनबाट एक युवकले धकेल्दा नेपाली घाइते


काठमाडौं । एक युवकले रेलको ट्र्याकमा धकेलिदिँदा अमेरिकामा नेपाली महिला घाइते भएकी छन् ।

४९ वर्षीय कमला श्रेष्ठलाई अमेरिकाको इष्ट भिलेज सववे स्टेसनको रेल्वे लिकमा एक व्यक्तिले धकेलेर ज्यान लिने प्रयास गरेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

उनी हट्सन मेट्रो स्टेसनमा एफ प्लेटफर्मको दोस्रो एभेन्यूमा उभिइरहेकी थिइन् । त्यतिबेलै कसैले पछाडिबाट ट्र्याकमा धकेलिदियो । यो घटना मंगलबार राति पौने ९ बजेको हो ।

भाग्यवस त्यतिबेला रेल आइरहेको थिएन र त्यहाँ रेल कुरिरहेका अन्य मानिसहरुले कमलालाई तत्कालै बाहिर निकाले । उनलाई बेलेब्यू अस्पतालमा लगियो । टाउकोमा सानो चोट लागेको छ र डाक्टरले भनेका छन्, ‘उनी खतरामुक्त छिन् ।’ उनको टाउकोमा १० वटा टाँका लगाइएको छ ।

विशेष