मुख्य समाचार

प्रधानमन्त्री देउवालाई भारतमा गार्ड अफ अनर

प्रधानमन्त्री देउवालाई भारतमा गार्ड अफ अनर

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ५ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बिहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई स्वागत गरेका थिए । देउवासँगै कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायतका मन्त्री पनि सहभागी थिए । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायको पनि कार्यक्रमा उपस्थिति थियो ।

आजै राष्ट्रपति भवनमा देउवा र भारतीय विदेशमन्त्री सुषमा स्वराज औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाबीच भेटवार्ता हुनेछ । उक्त भेटघाटमा केही महत्वपूर्ण सम्झौताहरुमा समेत हस्ताक्षर हुन सक्ने बताइएको छ ।

विशेष