मनोरञ्जन

परदेशीएका नेपालीका बाध्यता झल्काउने गीत “डाँडा काटी आए पनि” सार्वजनिक

परदेशीएका नेपालीका बाध्यता झल्काउने गीत “डाँडा काटी आए पनि” सार्वजनिक

काठमाडौँ । विदेश गए एकै छिनमा पैसा कमाईन्छ र परिवारलाई सुख शान्तीसँग पाल्न सकिन्छ । यस्तै आशय बोकेर परदेशीएका कतिपय चेली र युवाहरुले भोगेको यर्थाथमा आधारित म्यूजिक भिडियो सार्वजनिक भएपछि यसले राम्रो चर्चा बटुलीरहेको छ ।

बिजया शर्मा दंगालको प्रस्तुतिमा हृदयस्पर्शी गीत “डाँडा काटी आए पनि” बोलको गीतको म्युजिक भिडियोले अवसरको खोजीमा परदेशीएका नेपाली दाजुभाई दिदीबहिनीको जीवन्त कथालाई मुख्य रुपमा उठाइएको गीतमा नेपाली युवा र चेलीहरुले भोगेको दर्दनाक कथालाई जीवन्त रुपमा उठाइएको छ ।

गीतमा नेपाली लोक सांगितीक बजारमा नयाँ परिचय बोकेर आएका कलाकार मेदनी दंगाल तथा बानीका प्रधानको सुमधुर स्वर रहेको छ । कोमल भट्टको उत्कृष्ट शब्द सिर्जनामा रहेको यस गितको निर्देशन सागर सुब्बाको रहेको छ भने संगीत बालन्द राईको रहेको छ । यस गीतमा शब्द र रचना अत्यन्त मार्मिक एवम समय सान्दर्भिक छ ।

परदेशमा रहेका नेपालीहरुका बाध्यता विवश्तालाई भिडियोमा अत्यन्त कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जहाँ नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले परदेशिएपछि नेपाली पन र यहाँको माटो र राष्ट्रिय झण्डाको महिमालाई स्मरण गर्दै स्वदेश नै फर्केर आटो ढिँडो खाने तर परदेश नजाने निश्कर्षमा पुग्छन् ।

विशेष