मोटरसाइकल दुर्घटनामा घाइते दुवैको मृत्यु
तिलोत्तमा (रुपन्देही) । रुपन्देही देवदह नगरपालिका भलुहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव छन् । उनीहरुको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि उक्त दुर्घटनामा रुपन्देही पर्रोहा नगरपालिकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको थियो । थापाले चलाएको लु२३प १०२८ नं र चौधरीले चलाएको लु३३प ७०८३ नंको मोटरसाइकल आज दिउँसो एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
bike accident