मुख्य समाचार

दिल्लीमा देउवाको व्यस्तता आज प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपतिसँग भेट गर्ने

दिल्लीमा देउवाको व्यस्तता आज प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपतिसँग भेट गर्ने

काठमाडौं । पाँचदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बुधबार नै अनौपचारिक भेटवार्ता गरेका छन् ।

भारतीय समकक्षी मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेका देउवाले बुधबारै साँझ मोदीसँग अनौपचारिक वार्ता गरेका हुन् ।

यद्यपि, औपचारिक वार्ता भने आज हुनेछ । देउवासँगको भेटवार्तापछि मोदीले आफ्नो ट्वीटरमा पनि त्यसबारेमा उल्लेख गरेका छन् ।

यसअघि, नेपाल वायुसेवा निगमको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँदिल्लीमा उत्रँदा प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

नयाँदिल्ली पुगेलगत्तै उनले नयाँदिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए ।

विशेष