स्वास्थ्य

सप्तरी जान्छु भन्दै अस्पतालबाट डिस्चार्ज भए डा. गोविन्द केसी

सप्तरी जान्छु भन्दै अस्पतालबाट डिस्चार्ज भए डा. गोविन्द केसी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालस्थित कर्मचारी आवासको एउटा कोठामा यत्रतत्र औषधि, खाद्यान्न र लत्ताकपडा छन् । झट्ट हेर्दा कुनै औषधि पसल वा कपडाको गोदामजस्तै लाग्छ यो कोठा । तर यो गोदाम होइन ।

यो त चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा। गोविन्द केसीको क्वार्टर हो । अझै केहीदिन भर्ना भएर बस्न चिकित्सकले गरेको आग्रह बेवास्ता गर्दै उनी सप्तरीको बाढीग्रस्त क्षेत्रमा राहत र औषधि बोकेर जाने तयारीमा जुटेका हुन् । उनले ९ दिनअघि मात्र २३ दिन लामो एघारौँ अनशन स्थगित गरेका थिए । देशभर आएको बाढीका कारण उत्पन्न विपत्तिमा सबैको ध्यान केन्द्रित हुन बाधा नहोस् भनेर साउन ३१ मा एघारौँ अनशन स्थगित गरेका थिए ।

बुधबार अपराह्न क्वार्टरमा पुग्दा उनी तिनै सामान मिलाउन व्यस्त थिए ।  उनले आवश्यक खाद्यान्न, कपडा र औषधि केही विद्यार्थीको सहयोग लिएर आफ्नै खर्चमा सहायता सामग्री जुाएका हुन् । बिहान डिस्चार्ज भएलगत्तै उनी क्वार्टरमा पुगेर सामान जुटाउन र जम्मा भएका सामान मिलाउन थालिसकेका थिए। केहीबेरअघि मात्रै आएर तयारी गर्दैछु, डा. केसीले भने, डा. दिव्या उपचारमा संलग्न चिकित्सकले थप २-३ दिन बस्नुपर्छ भन्नुहुन्थ्यो, म जान्छु भनेर हिँडें । डा. केसी सबैभन्दा बाढी प्रभावित मध्येको सप्तरीको कञ्चनपुर जाँदैछन् ।

जहाँ उनी चार वर्षअघि शीतलहर प्रभावितको उपचारमा गएका थिए । अनशन थाल्नु दुई साताअघि पनि उनी सप्तरीको मैनाकटरीमा पुगेर शिविर चलाएर फर्किएका थिए ।

नागरिक

विशेष