अर्थ मुख्य समाचार

भारत–नेपाल ग्यास पाइपलाइनको अध्ययन हुँदै

भारत–नेपाल ग्यास पाइपलाइनको अध्ययन हुँदै

काठमाडौं । भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने विषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दैछन् ।

आइओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।

मोतिहारीबाट ल्याइने पेट्रोलियम र ग्यासको पाइपलाइन सडकको दायाँ र बायाँ ओछ्याउने विषयमा पहिलो चरणको सम्भाव्यता अध्ययन गर्न टोली आएको हो । मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दुरी एक सय ३० किलोमिटर हुनेछ ।

अन्नपूर्ण पोस्ट

विशेष