मुख्य समाचार

यस्तो छ नेपाल–भारतको संयुक्त वक्तव्य

यस्तो छ नेपाल–भारतको संयुक्त वक्तव्य

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको औपचारिक भेटघाट तथा वैठक सकिएलगत्तै दुवै देशले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।

त्यसका केही महत्वपूर्ण बुँदाहरु यस्ता छन्

दुई देशको बीचमा भएका उच्चस्तरको राजनीतिक भ्रमणको आदान–प्रदानले दुईपक्षीय सहकार्यका एजेण्डाहरुलाई अगाडि बढाउन नयाँ गति दिएको छ । दुवै देशका प्रधानमन्त्रीले दुई देशबीचको बहुआयामिक, बृहत् तथा गहिरो सम्बन्धका बारेमा सन्तुष्टि व्यक्त गरे ।

दुवै प्रधानमन्त्रीले सद्भाव, आपसी विश्वास, आपसी फाइदा आधारमा दुईपक्षीय सम्बन्ध अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । भारतका प्रधानमन्त्रीले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाइ दिए । दुवै देशका प्रधानमन्त्रीले ‘डिफेन्स’को क्षेत्रमा भइरहेको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा नेपाल र भारतको सेनाको बीचमा गहिरो सहकार्य अगाडि बढाउन प्रतिबद्धता व्यक्त गरे ।

खुला सिमानाको दुरुपयोग नहोस् र यसले कसैको सुरक्षामा चुनौती नथपियोस् भन्नेमा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे । दुवै देशले आफ्नो भूमि एक अर्काविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

विकासका परियोजनाहरुको अनुगमन गर्न बनेको संयन्त्रको कामप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै पक्षले विकासका परियोजनाहरुमा देखापरेको गतिरोधलाई अन्त गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले निर्माण भइरहेका रेलवे परियोजनालाई छिटो सम्पन्न गर्दै थप तीन वटालाई अगाडि बढाइने ।

एकीकृत सुरक्षा जाँच प्रणालीको निर्माण कार्यलाई अगाडि बढाइने र भैरहवा र नेपालगञ्जमा पनि निर्माण कार्य अगाडि बढाइने । पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण कार्यलाई तीव्रता दिने, एलपीजी ग्यास पाइपलाइन पनि निर्माण गर्ने ।

बारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा छलफल अगाडि बढाउने । महाकाली नदीको मोटर चल्ने पुल बनाउने विषयमा छलफल अगाडि बढाउने । वीरगञ्ज–रक्सौल सिमानामा मैत्री पुल बनाउने ।

विशेष आर्थिक क्षेत्रको विकास गरिने। १३२ केभीको नयाँ ट्रान्समिसन लाइनको निर्माण गर्ने पञ्चेश्वर परियोजनाको डिपिआरलाई एक महिनाभित्र फाइनल गर्ने नेपालमा बढी लगानीको आवश्यकतालाई प्राथमिकतामा राख्ने ।

सार्क, बिमस्टेक र अन्य सब–रिजनल सहकार्यबाट फाइदा लिनुपर्ने । संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतको उम्मेदवारीमा नेपालले समर्थन गर्ने । सबै खालको आतंकवाको विरुद्धमा लड्ने प्रतिबद्धता । भारतीय प्रधानमन्त्री मोदीलाई देउवाद्वारा नेपाल भ्रमणको निम्तो ।

कान्तिपुर

विशेष