खेल

साफ यू-१५ फुटबलका सेमिफाइनल खेल आज, नेपालले हराउला त ?

साफ यू-१५ फुटबलका सेमिफाइनल खेल आज, नेपालले हराउला त ?


काठमाडौं । राजधानीमा जारी अन्डर फिफ्टिन (यू–१५) साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनल खेल आज हुँदै छन् ।

आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सुरु हुनेछ ।

यसैगरी भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुनेछ ।

विशेष