समाज

यी १३ वर्षीया बालिका, जसले सँगै पढ्ने प्रेमीलाई पत्र लेखेर आत्महत्या गरिन् (प्रेमपत्रसहित)

यी १३ वर्षीया बालिका, जसले सँगै पढ्ने प्रेमीलाई पत्र लेखेर आत्महत्या गरिन् (प्रेमपत्रसहित)

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुकी १३ वर्षीया बालिकाले निर्मला सुनुवारले प्रेमीको नाममा प्रेमपत्र लेखेर आत्महत्या गरेकी छिन् । प्रेमीलाई लामो पत्र लेखेर उनले आइतबार विहान बनेपा–७ स्थित डेरामा कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी बनेपास्थित चैतन्य माविमा कक्षा ६ मा पढ्दै आएकी थिइन् । उनले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत समीर श्रेष्ठलाई माया गर्दै आएकी थिइन् । शनिबार साँझ कोठामा संगै बसेका दाजुहरुले प्रेमबारे थाहा पाएपछि उनले आत्महत्याको बाटो रोजेकी हुन् ।

एकै कक्षामा पढ्दै आएका श्रेष्ठ र सुनुवार केही समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धाबाट निर्मलाको मृत्युको कारण प्रेम सम्बध नै रहेको खुलेको छ । दाजुले प्रेमपत्र फेला पारेसँगै लाज वा डरले आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालयका सई भक्त श्रेष्ठले जानकारी दिए ।

उनले समिरका नाममा लेखेका केही प्रेमपत्र यस्ता छन् ।

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन । कसम म तिमी बाट टाढा हुन सक्दिन् । तिमी बिनाको जिन्दगी सोच्न समेत सक्दिन ।’

‘समीर हामीले बा आमाको सपना पुरा गर्नुछ । तर, मैले सकिन तिमीले पूरा गर्नु । तिम्रो बा आमासँग स्कुल पढाउने खर्च नहोला, म तिमीलई खर्च दिन्छु पढ । स्कुल आऊ ।’ 

‘म बाबु आमाकी एक्ली छोरी हुँ । जे भने पनि मान्नुहुन्छ । तिम्रो लागि पैसाको व्यवस्था म गरौँला तर तिमी सधैँ स्कुल आऊ ल । सुनेको छु, तिमी पत्रिका बेचेर हिँड्छौ रे ! अब हिड्नु पर्दैन ।’

‘समिर तिमी कति दुःख गर्छौँ है ! तिमीले मलाई मनपराए पनि नपराए पनि म सधँ तिमीलाई माया गरिराख्छ । मेरो प्रेम प्रस्ताव स्वीकार । मलाई भन्न लाज लागे मेरी साथी दीपा चौलागाई भन्नु ल !’

‘माया जबर्जस्ती गरिने कुरा पनि होइन । तिमी मलाई माया गर्छाैं वा गर्दैनौँ भोलि एउटा कापीको पानामा लेखेर दिनुहोला समिर । ‘आई लभ यू समिर’ म तिमीलाई सधैँ माया गरिराख्ने छु ।

विशेष