खेल

यू–१९ एसियाली क्रिकेटको लागि नेपाली टोलीको घोषणा, कप्तानी दीपेन्द्रले सम्हाल्दै

यू–१९ एसियाली क्रिकेटको लागि नेपाली टोलीको घोषणा, कप्तानी दीपेन्द्रले सम्हाल्दै

काठमाडौं । एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको घोषणा भएको छ ।

मलेसियामा आउँदो सेप्टेम्बरमा हुने उक्त प्रतियोगिताको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले सम्हाल्ने भएका छन् । नेपाली टोलीको अन्तिम नामावलीमा ४ वैकल्पिकसहित १८ जना खेलाडी छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीका परेका खेलाडीबाट अन्तिम टोली घोषणा गरेको हो ।

एक वर्षयता यू–१९ को कप्तानी बलर सन्दिप लामिछानेले सम्हाल्दै आएका थिए ।

आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाली टोली यसप्रकार रहेको छ ।

१. दिपेन्द्र सिंह ऐरी (कप्तान)
२. सन्दिप लामिछाने
३. मोहम्मद आसिफ शेख
४. सन्दिप सुनार
५. प्रनित थापा मगर
६. अनिलकुमार शाह
७. पवन सर्रा
८. रोहितकुमार पौडेल
९. किशोर महतो
१०. शाहव आलम
११. नन्दन यादव
१२. विक्रमकुमार भुसाल
१३. सन्दिप जोरा
१४. सुमित महर्जन

यी हुन् वैकल्पिक खेलाडी
१.कमल सिंह ऐरी
२.ललितनारायण राजवंशी
३.प्रकाश केसी
४.रिजन ढकाल

U-19 cricket team nepal

विशेष