खेल

यू–१५ साफ च्याम्पियनसिपकाे उपाधि भारतलार्इ, नेपालकाे डिफेन्समै कमजाेरी

यू–१५ साफ च्याम्पियनसिपकाे उपाधि भारतलार्इ, नेपालकाे डिफेन्समै कमजाेरी

काठमाडौँ । पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत अाज भएको फाइनल खेलमा भारत विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा २–१ गोलअन्तरले भारतले घरेलु मैदानमा नेपाललार्इ पाखा लगाउँदै उपाधि सुरक्षित राखेकाे हाे ।

खेलको ४० औं मिनेटमा नेपालले पाएकाे पेनाल्टीकाे सदूपयाेग गर्दै व्रिजेश चाैधरीले नेपाललार्इ पहिलो अग्रता दिलाएका थिए । पहिलाे हाफमा नेपालले १–० काे अग्रता राख्याे । भारतले केही सुन्दर माैका बनाएपनि नेपाली गाेलकिपर तथा डिफेन्डरले गाेल हुने माैका भने दिएनन् । 

यद्यपि नेपालकाे कमजाेर डिफेन्सकाे कारण भारतले ५९ अाैं मिनेटमा लाल राेकिमाले खेल बराबरीमा ल्याउन सफल भयाे । खेलको ७५ औं मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेपछि भारतले २–१ ले अग्रता लिएको हो । त्यसपछि खेल अवधि भर दुवै टाेलीबाट गाेल हुन नसकेपछि उपाधि भारतले अाफ्नाे नाममा राख्न सफल भयाे । 

अाफ्नाे पहिलाे खेलमा हार व्यहाेरेकाे नेपालले फाइनलमा समेत डिफेन्समै कमजाेरी देखाएकाे थियाे ।  

saff championship u-15 nepal

विशेष