स्वास्थ्य

नेशनल मेडिकल कलेजका सञ्चालक भन्छन्, ‘पैसा दिएर सम्बन्धन लिन खोजको थियौं’

नेशनल मेडिकल कलेजका सञ्चालक भन्छन्, ‘पैसा दिएर सम्बन्धन लिन खोजको थियौं’

काठमाडौं । स्थलगत अनुगमनको प्रतिवेदन नै झुठो तयार पारेर सम्बन्धन पाएको नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दीन अन्सारीले सम्बन्धनका लागि घूस खुवाउन खोजेको खुलासा गरेको छन् । हिमाल खबर पत्रिकामा उनले गरेको कुराकानी यस्तो छः

‘त्यसो त अहिले कलेज सञ्चालन गर्न लागिएको अनामनगरको भवन अपार्टमेन्ट बनाउने उद्देश्यले शुरु गरिएको थियो । दुई तला बनाइसकेपछि अपार्टमेन्टभन्दा मेडिकल कलेज पो चल्छ कि भन्ने कुरा चल्यो । मन्त्रीहरुसँग सल्लाह भयो । तत्कालीन शिक्षा मन्त्री गंगालाल तुलाधरले मेडिकल कलेज सञ्चालन गर्ने भए मन्त्रालय आशयपत्र दिन तयार रहेको बताउनु भयो । त्यसपछि हामीले मेडिकल कलेजको ढाँचामा भवन बनायौं ।

डा. गोविन्द केसीको अनशनपछि काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने भनियो । पैसा दिएर भए पनि सम्बन्धन लिन खोजेका थियौं । तर, केही लागेन । र, अदालत जान बाध्य हुनु पर्यो । सर्वोच्च अदालतले सम्बन्धन दिन परमादेश जारी गरेपछि भने कलेज सञ्चालनको प्रक्रियामा लागेका छौं ।’

विशेष