खेल

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने

आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने

नेपालगञ्ज । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा ९छावा० मस्कट रहने निर्णय गरेको छ । 

युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा आज यहाँ बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि रु ७० करोड खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए । 

राष्ट्रिय खेलकूद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा बसेको बैठकमा परिषद्का सदस्य–सचिव विष्ट, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डन, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी र खेल पदाधिकारीको उपस्थिति रहेको थियो । 

बैठकमा राखेप सदस्य–सचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराउँदै प्रतियोगिता नेपालगञ्ज, बर्दिया, सुर्खेत र दाङ जिल्लामा सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको बताए । 

बैठकलाई सम्बोधन गर्दै मन्त्री केसीले मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेट समयमा उपलब्ध गराउने विश्वास दिलाउँदै भौतिक पूर्वाधार निर्माणका काम समयमा सक्नु ठूलो चुनौतीका रुपमा हुने भएकाले त्यसतर्पm सबै गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रतियोगिता सञ्चालन हुने स्थानका समुदाय, स्थानीय निकाय, प्रशासनिक निकाय, सामाजिक तथा पेशागत सङ्घ, संगठनले अपनत्व ग्रहण गर्न सक्नुपर्ने उल्लेख गर्दै खेल पदाधिकारीले आ–आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेमा आफू ढुक्क भएको विश्वास व्यक्त गरे । 

यसैबीच, मन्त्री केसीले बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको सुटिङ रेञ्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमीको पनि अवलोकन गरे । 

त्यस अवसरमा मन्त्री केसीलाई क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली र उपाध्यक्ष नरेन्द्र थापाले ती निर्माणाधीन संरचनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।

nepalgunj eight national game

विशेष