Technology

टेलिकमले एक वर्ष भित्र देशैभर निःशुल्क वाइफाई दिने

टेलिकमले एक वर्ष भित्र देशैभर निःशुल्क वाइफाई दिने

साउन १८ । मुलकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।

धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप टेलिकमले यो थालनी गरेको हो ।

टेलिकमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाइफाइ उपलब्ध गराएको छ । वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ ।

नेपाल टेकिकमकी प्रबन्ध  निर्देशक कामिनी राजभण्डारीका अनुसार  उपत्यकामा निशुल्क वाइफाई सुरु गरेको टलिकमले निकट भविष्यमा नै देशका प्रमुख सार्वजनिक स्थानमा सेवा विस्तार गर्ने जनाएकी छन् ।

नागरिक

nepal telecome

विशेष