स्वास्थ्य

डिप्रेशनको शिकार हुनु भएको छ चिन्ता नलिनुस्, अब यसको समाधान गुगलले गर्ने भएको छ

शुरुवाती चरणमा अमेरीकी यूजर्सका लागि मात्रै हुनेछ

डिप्रेशनको शिकार हुनु भएको छ चिन्ता नलिनुस्, अब यसको समाधान गुगलले गर्ने भएको छ

काठमाडौं । तपाई डिप्रेशनको शिकार हुनु भएको छ अब चिन्ता नलिनुस् यसको समाधान सर्च इन्जिन गुगलले गरिदिएको छ ।

डिप्रेसन भएको शंका लागे गुगलको सहयोग लिए समस्याको समाधान हुने भएको छ । गुगलमा डिप्रेसन बारे सर्च गरे गूगलले केही प्रश्न सोध्ने छ र तपाई डिप्रेसनको शिकार हुनुभएको छ की छैन् पत्ता लगाउने कोशिस गर्ने छ । डिप्रेशन बारे सर्च गर्ने व्यक्तिले यसरी सर्च गर्दा एउटा लिङ्क देख्नेछ, त्यस लिङ्कमा क्लिक गरेमा गुगलले सोध्ने प्रश्नसम्म पुग्न सकिन्छ । उक्त प्रश्नहरूको उत्तर अमेरिकाको नेशनल एलाइन्स अन मेन्टल ईलनेसले दिने गरी गुगलले लिङ्क गरेको जनाएको छ ।

यो कार्यक्रम शुरुवाती चरणमा अमेरीकी यूजर्सका लागि मात्रै हुनेछ ।जसलाई ‘प्यासेन्ट हेल्थ कोइश्नर’ को नाम दिइएको छ । यसमा ९ वटा प्रश्न राखिएका छन् । यसलाई संक्षेपमा ‘पीएचक्यू नाईन’ नाम दिएको छ । गुगलमा उपलब्ध विभिन्न टूल्सको मद्दतले प्रश्नकर्ताले गरेको प्रश्नको जवाफ दिनेछ ।

गुगलले सोध्ने प्रश्नको नमूना पनि सार्वजनिक गरेको छ । जस्तै के तपाईलाई काम गर्न अरुची तथा अल्छी लाग्छ ? अथवा पत्रिका पढ्न वा टिभी हेर्दा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन् । यस्तै– यस्तै ९ वटा प्रश्न । गुगलको यो प्रयासलाई कतिपयले क्लिनिकल डिप्रेसन पत्ता लगाउने छोटो र सरल तरीका भनेका छन भने केही व्यक्तिले यसको आलोचना पनि गरेको बीबीसीले लेखेको छ । 

विशेष