कभर स्टोरी भिडियो

ज्ञानेन्द्रका कारण राजा बीरेन्द्रको वंशनाश भएको हुन सक्छ (भिडियोसहित)

ज्ञानेन्द्र भन्दा बीरेन्द्र हजार गुणा असल

ज्ञानेन्द्रका कारण राजा बीरेन्द्रको वंशनाश भएको हुन सक्छ (भिडियोसहित)

मदन राई नयाँ शक्ति पार्टीका नेता हुनुहुन्छ । उहाँ कृषि विज्ञ पनि हो । नेता राईले संयुक्त राष्ट्र संघले संचालन गर्ने धेरै योजनाहरुमा काम गर्नुभयो । विश्वका धेरै मुलुक घुमफिर पनि गर्नुभयो । आफनो जागरिका बावजुद लामो समयदेखि राजनीतिमा पनि क्रियाशील हुनुहुन्छ । नयाँ शक्तिमै भविष्य देख्ने र नयाँ शक्तिले नै आर्थिक समृद्धि ल्याउन सक्ने विश्वासमा अडिग रार्ई केही मानिसले पार्टी छाडदैमा केही फरक नपर्ने दाबी गर्नुहुन्छ । भिडियो अन्तर्वार्ताका क्रममा राइले राख्नु भएको धारणाको सार निम्नानुशार छः

शेरबहादुर देउवाले नेपालमा कसैसँग पनि छलफल नै नगरी भारतमा गएर कोशी उच्च बाँध बनाउने समझदारी गर्नु भएछ । मानौ नेपालको माटो, पानी नदीनाला सबै देउवाजीको कोटको गोजीबाट निस्कन्छ । अहिलेको कोशी ब्यारेजका कारण जति जमिन नेपालको डुबान भएको छ, त्यति नै डुबान फेरि कोशी उच्च बाँधबाट पनि हुन्छ । बिना तयारी, बिना प्राविधिक अध्ययन हावाको तालमा गएर समझदारी गरेर आउने प्रधानमन्त्री कस्ता हुन् आश्चर्यमा परेको छु ।

भारतमा प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएपछि उनले नेपालका चार जना प्रधानमन्त्रीसँग हात मिलाइसकेका छन् । यो लाजमर्दो कुरा नै हो । यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

म राणा शासनमा जन्मेको हो । पञ्चायती व्यवस्था भोगे । संसदीय, राजाको शासन, लोकतन्त्र गणतन्त्र सबै भोगिसकेको छु । राणाहरुको जहानीया शासन, शाहको जहानीय शासन भोगेका हौं । जन्मले होइन कर्मले नेता हुनु पर्छ । शासक हुनु पर्छ भन्ने हो । अहिले हेर्नुहोस न नेपालका दलहरु । सबै पार्टीका वरिष्ठहरुले आफना छोरा छोरी, पत्नीलाई अगाडि बढाएका छन् । यो नियम मधेसवादीदेखि कांग्रेस, एमाले माओवादी सबैमा छ । यस्तो किन भयो भने दलभित्र आन्तरिक लोकतन्त्र नभएकोले हो ।

नयाँ शक्तिमा आन्तरिक लोकतन्त्र कायम हुनु पर्छ भनेका छौं हामीले । टिका लगाउने प्रथाले नेता हुने चलनले भ्रष्टाचार, चाकरीवाज कायम रहन्छ । कांग्रेसमा हेर्नुस न सभापतिको अधिकार भनेर एउटा नेतालाई धेरै अधिकार दिइएको छ । यही नै कारणले कांग्रेस भ्रष्ट पार्टी भएको हो ।

प्रचण्ड माओवादी पार्टीको अध्यक्ष भएको ३० वर्ष भयो । एउटा मान्छेले एउटा पार्टीको अध्यक्ष कति वर्षसम्म ओगट्ने ? अहिले पनि प्रचण्ड पद छाड्न तयार हुनुहुन्न । गिरिजाले जस्तै उहाँले पनि छोरीलाई अगाडि बढाउनु भएको छ । अध्यक्ष पदको अजम्बरी नेताका रुपमा उहाँ उभिन खोज्नु भएको छ । ३० वर्षमा एक से एक नेतृत्व बनाउनु पर्नेमा प्रचण्ड आफ्नै हितका लागि राजनीतिलाई प्रयोग गरिरहनु भएको छ ।

मन नपरेको मान्छेलाई जे भने पनि हुन्छ । अहिले बाबुरामलाई पनि मान्छेले त्यस्तै भन्छन् । बाबुरामसँग यिनले के गर्छन र भन्ने पनि छ । समाजमा नकारात्मक सोच्ने पनि धेरै छन् । राजनीतिमा सबैभन्दा ठूलो कुरा भनेको विचार हो । राजनीतिमा भोलि के हुन्छ ? भन्ने मान्छे भिजिनरी हो । भिजिनरीलाई पछ्याउने फलोअर हुन् । नेपालमा बाबुराम भिजिनरी हुन् । प्रचण्ड मेनेजर हुन् । अरु जान्दैनन् । अहिले पनि बाबुराम जस्तो त्रिकालदर्शी कोही छैन ।

जहाँ जहाँ लोकतन्त्र छ त्यहाँ विकास हुन्छ । राजा हुने देशमा विकास खासै हुँदैन । युरोप, एसियाली केही देशको हकमा विषय बेग्लै छ । राजाको शासन भनेको कतै पनि राम्रो हुँदैन । एक जनालाई सुप्रिम शक्ति दिएपछि चाकरी गर्नेहरुले पाँच वटा घेरामा राख्छन् । राजाले जनताका कुरा सुन्ने थाहा पनि पाउँदैन । राजतन्त्र र कम्युनिष्ट शासनमा अपारदर्शीता हुन्छ । जसका कारण राजा र कम्युनिष्टले के गर्छन् कसैलाई थाहा नै हुँदैन ।

नेपालमा शक्ति र मान्छेको लडाईले राजा वीरेन्द्रको वंश नाश भएको हो । दीपेन्द्रलाई उनकी आमाले बिहे गर्न नदिएको भनेर हत्याकान्ड मच्चाएको भन्ने गरिन्छ । त्यो पनि हुन सक्छ । ज्ञानेन्द्रले पनि दाजूको वंश नाश गरेको हुन सक्छ । बाहिरी शक्तिले पनि त्यस्तो गरेको हुन सक्छ । जसले पनि हुन सक्छ । यसमा अनुशन्धान भएकै छैन ।

१६ वर्ष काम गर्दा मैले वीरेन्द्र जति देश भक्त कोही पनि छैन । ज्ञानेन्द्रको तुलनामा त हजार गुणा असल थिए । राजा वीरेन्द्रले १८ घन्टा काम गर्थे । उनी १८ घन्टा काम गर्दा म २२ घन्टा काम गर्थे ।

विशेष