समाज

आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११ लाख भन्दा बढीको क्षति भएको छ । 

पासाङ डोमा शेर्पाको घरमा गएराति आगलागी हुँदा घरसहित घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । घरमा एक्लै रहेकी शेर्पा साँझ खाना खाएर आगो ननिभाइ सुतेका कारण राति त्यही चुलोबाट आगो शुरु भएको जनाइएको छ । 

भान्छा कोठाबाट आगलागी शुरु भएको थाहा पाएपछि वृद्धा शेर्पा निस्किएर भागेकाले मानवीय क्षति भने हुन पाएन । घरसहित सबै सरसामान नष्ट भएपछि अहिले उनी छिमेकीको घरमा शरण लिएर बसेकी छन् ।

solukhumbu

विशेष