समाज

महिला मृत फेला

महिला मृत फेला

बनेपा । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । 

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताए । 

यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको अवस्थामा छ उनले भने । स्थानीय बासिन्दा मकैबारीमा जाँदा सो लास देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले जानकारी दिए । 

female

विशेष