ज्येष्ठ नागरिक मृत फेला

बनियानी (झापा) । झापाको गौरादह नगरपालिका–१ मा एक ज्येष्ठ नागरिक आज मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी नायब निरीक्षक नगेन्द्रकुमार भगतका अनुसार गौरादह–१ का ६५ वर्षीय बलबहादुर गौतम मृत अवस्थामा फेला परेका हुन् । बिहान घरबाट निस्किएका गौतमलाई दिउँसो करिब १ बजे मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
गौतमले बिहानैदेखि मादकपदार्थ सेवन गर्ने गरेकाले सोही कारणले मृत्यु हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
old man