साउदीमा एक नेपालीको मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।
पन्ध्र महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उनका आफन्त लालबहादुर नेपालीले जानकारी दिए । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उनले बताए ।
मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उनकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।
saudi