खेल

बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी

बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली पुरुष भलिबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ३–१ को सेटले विजयी भएकाे छ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा बंगलादेशसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे हाे ।

पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बाँकी सेटमा जित हात पारेको हो । २७–२५ ले पहिलो सेट गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो । बंगलादेशमाथि नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले जित हात पारेको थियो । त्यस्तै, चौथो सेट भने २५–२३ ले आफ्नो पक्षमा पार्दै नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बुधबार (भोली) हुनेछ । नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीको लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली नेपाल आएको हो ।

नेपाल र बंगलादेशले यस अघि दोस्रो एभीसी सेन्ट्रल जोन भलिबलमा खेलेका थिए । उक्त खेलमा नेपाल पराजित भएको थियो । 

nepal bangladesh

विशेष