ड्राइभरसँग यौन लिला चलाउने महिला सांसदका कारण ती बिचरा ड्राइभरको घरै भाँडियो
साउन १८ । माओवादी सांसद प्रतिक्षा तिवारी मुखियाले आफूसँंग गाडी नभएको, ड्राइभर पनि नभएको दाबी गरेकी छन् ।
जनआस्थामा आएको समाचारको खण्डन गर्दै उनले यस्तो दाबी गरेकी हुन् । तर समाचार छापिएको दिनभर टेकुस्थित महानगरीय प्रहरी परिसरमा त्यही गाडी र ड्राइभरको लफडा मिलाउँदै थिइन् । उनले संविधानसभा सचिवालयमा दर्ता नं. ३२४/०७१/७२ रहेको बा १० च ५८८७ नम्बरको स्कोरपियो जीप ३२ महिना प्रयोग गरेवापतको भाडा नतिरेपछि यस्तो समस्या आइलागेको हो । सवारी चालक र सो गाडीका स्वामित्ववाल पाल्पाली वीरकुमार हुन् ।
उनले मासिक ६० हजारका दरले गाडी भाडा वापत १९ लाख २० हजार रुपैयाँ लिनु थियो । उनै सवारी चालक तथा धनीले बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानीस्थित आफन्तको घरमा प्रतिक्षाको महिनावरी ६ हजार तिर्ने गरी डेरा खोजिदिएका थिए ।
प्रतिक्षाले ३२ महिनाको एक लाख ९२ हजार रुपैयाँ तिरेकी थिइनन् । यसरी २१ लाख १२ हजार रुपैया नतिरी बेपत्ता भएपछि वीरकुमारले खोजी थाले । तर मान्यज्यूले उल्टै आफूलाई विभिन्न किसिमको धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको मागसहित निवेदन दिएकी थिइन । गत बुधबार प्रहरी कार्यालयमा वीरकुमार र प्रतिक्षा दुबै उपस्थित थिए । वीरकुमारले एसएसपी जोशीसँग आँशु खसाल्दै भने, ‘उहाँले मलाई गोवा लिएर जानुभयो । त्यसबापत उहाँलाई संसदको विधायन समितिबाट कारबाही भयो । त्यसमा पनि दुःख मान्नु भएन् ।
उहाँसँगको सम्बन्धका कारण पाँचमहिना पहिले श्रीमतीले मसँग सम्बन्ध विच्छेद गरिन । उहाँले मलाई जीवनभर साथ दिन्छु भन्नु भएको थियो । तर, न साथ दिनुभयो न मसँग भाडामा लिएको गाडी र घरको भाडा नै तिर्नुभयो ।’
उहाँकै कारण आज मसँग श्रीमती छैनन् । अहिले ८ र ११ वर्षका छोरा स्याहारेर बसेको छु । उहाँलाई १४÷१५ लाख दिन नसक्ने त होइन । तीन महिनाको भाका लिएको छु । तै यसैबीच मन फर्किएर मसँगै जीवन विताउन राजी भईहाल्नुहुन्छ कि त ! ।
–जनआस्था साप्ताहिकबाट