खेल मुख्य समाचार

जापान भ्रमणमा जाने नेपाली फुटवल टोलीको घोषणा

जापान भ्रमणमा जाने नेपाली फुटवल टोलीको घोषणा


साउन १८ । एएफसी एशियन कपको छनोट चरणको खेलअघि जापान भ्रमणमा जाने राष्ट्रिय फुटवल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा यमनविरुद्धको खेलमा अटाएका अधिकांश खेलाडी छन् । यही साउन २७ गते जापान प्रस्थान गर्ने टोलीले त्यहाँ ५ वटा अभ्यास खेल खेल्नेछ ।

नेपाली टोलीले आगामी असोज १९ मा ताजिकिस्तानविरुद्ध एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । घोषित टोलीमा गोलरक्षतर्फ विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ, डिफेण्डरमा बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विमल बस्नेत र दिनेश राजवंशी छन् ।

मिडफिल्डरमा मानबहादुर तामाङ, राजेन्द्र रावल, विक्रम लामा, हेमन गुरुङ, सुजल श्रेष्ठ, अञ्जन बिष्ट, सुनिल बल, विशाल राई, हेमन्त थापा मगर छन् । नेपाली टोलीको आक्रमणको जिम्मा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, सुमन लामा विमल घर्तीमगरले सम्हाल्नेछन् ।

टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य, गोलरक्षक प्रशिक्षकमा उज्जवल मानन्धर र टीम व्यवस्थापकमा विराटजंग शाही छन् ।

विशेष