मुख्य समाचार

आयल निगमको जग्गा खरिदमा ‘बचौलिया’ प्रयोग

आयल निगमको जग्गा खरिदमा ‘बचौलिया’ प्रयोग

काठमाडौं । नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पूर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ ।

स्थानीय प्रशासनमार्फ मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले ४ जना व्यक्ति प्रयोग गरी उनीहरुको माध्यमबाट जग्गा खरिद गरेको हो । यस्तो निर्णयले करोडौँ अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ ।

उच्च स्रोतकाअनुसार १२७ जना जग्गाधनीले आयल निगमलाई जग्गा बेचेका हुन् । केहीको जग्गा एकभन्दा बढी ठाउँमा रहेकाले २४६ कित्ता किनबेच भएको छ । जग्गाधनीले अर्का व्यक्तिलाई बेचेका छन्, एकमुष्टरुपमा खरिद गर्ने व्यापारीले पछि निगमलाई जग्गा बेचेको देखिन्छ, स्रोतले भन्यो, दुई तहमा भएको बेचबिखनमा ठूलो परिमाणमा चलखेल भएको छ ।

झापामा निरोजकुमार थपलिया, सर्लाहीमा विनोद भण्डारी, चितवनमा जयराम थापा र भैरहवामा हरिप्रसाद पोखरेलबाट निगमले एकमुष्ट जग्गा खरिद गरेको छ।
कान्तिपुर

विशेष