खेल

पल्सर स्पोर्टस अवार्डलाई साहसको साथ

पल्सर स्पोर्टस अवार्डलाई साहसको साथ


काठमाडौं । पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकको रुपमा खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले साझेदारी गरेको छ ।

नेपाली खेलकुदकै प्रतिष्ठित स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्चले सहप्रायोजकको रुपमा साहससँग आज सम्झौता गरको हो । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र साहसका प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार साहस स्पोर्टसले अवार्ड कार्यक्रमका लागि नेपाल खेलकुद पत्रकार मञ्चलाई ३ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ । अवार्डका लागि मनोनयनमा परेका खेलाडी र उपाधि विजेतालाई साहसले टिसर्ट, क्याप र ट्रयाकसुट लगायतका खेल सामाग्री उपलब्ध गराउनेछ । नेपाली खेलकुद क्षेत्रको सम्मानमा खेलकुद पत्रकार मञ्चले प्रत्येक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते हुदैछ ।

कार्यक्रममा विभिन्न ८ विधाका उत्कृष्ट खेलाडी र खेल सम्बद्ध ब्यक्तित्वलाई नगत सहित अवार्ड वितरण गरिनेछ ।

विशेष