खेल

अस्ट्रेलियालाई पराजित गर्दै बंगलादेशको टेस्ट क्रिकेटमा ऐतिहासिक जित

अस्ट्रेलियालाई पराजित गर्दै बंगलादेशको टेस्ट क्रिकेटमा ऐतिहासिक जित

अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले ऐतिहासिक विजयी हासिल गरेको छ ।

ढाकामा भएको खेलमा २ सय ६५ रन पछ्याएको अस्ट्रेलिया २१७ रनमा अलआउट भएपछि बंगलादेशले जित आफ्नो नाममा दर्ता गर्न सफल भयो ।

खेलको चौथो दिन बुधबार अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा सबै विकेटको क्षतिमा दुई सय ४४ रन मात्रै बनाउन सक्यो । तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया २ विकेट गुमाएर १ सय ९ रन बनाउँदैं बलियो स्थितिमा थियो ।

अस्ट्रेलियाका डेभिड वार्नर ११२ र स्टेभेन स्मिथ ३७ रन बनाउनुबाहे अरू खेलाडी सस्तैमा आउट भए । दोश्रो पारीमा बंगलादेशलाई २ सय २१ रनमा अलआउट गरेपछि अस्ट्रेलियाले २ सय ६५ रनको लक्ष्य पाएको थियो । बंगलादेशलाई ऐतिहासिक जीत दिलाउने क्रममा सकिब अल हसनले सर्वाधिक ५ विकेट लिए । तनाइजुल इस्लामले ३ तथा मेहडी हिसान मिराजले २ विकेट लिए।

१ विकेट गुमाएर ४५ रन बनाएको अवस्थाबाट मंगलबारको खेल थालेको बंगलादेश २ सय २१ रनमा अलआउट भएको थियो । बंगलादेशका तमिम इकवालले ७८ र मुस्फिकर रहिमले ४८ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । अस्ट्रेलियाका नाथन लायनले ६ विकेट लिएका थिए । पहिलो पारीमा अस्ट्रेलिया ४३ रनले पछि परेको थियो ।

बंगलादेशले अस्ट्रेलियालाई टेस्ट क्रिकेटमा पहिलो पटक पराजित गरेको हो । दुई टेस्टको श्रृङ्खलामा बंगलादेशले १–० को अग्रता लिएको छ ।

bangladesh autralia

विशेष