मनोरञ्जन

‘बिहे गरेको ६ वर्षपछिमात्र ससुराली गएँ’

मदनकृष्ण श्रेष्ठको विवाह सम्झना

‘बिहे गरेको ६ वर्षपछिमात्र ससुराली गएँ’

मेरो विवाह २०३० सालमा भएको थियो । श्रीमती यशोदा सुवेदी ब्राह्मण समुदायकी र म परें नेवार समुदायको । त्यतिखेर प्रेम विवाहलाई ‘आहो!’ मानिन्थ्यो । मेरो त प्रेम विवाह त्यसमाथि अन्तर्जातिय । त्यतिबेला अन्तर्जातीय विवाह गर्नुलाई अपराधजस्तै ठानिन्थ्यो । जातपात र छुवाछुत एकदमै धेरै व्याप्त थियो ।
सञ्चयकोषमा जागिर गर्दाताका उनीसँग चिनजान भएको थियो । २३ सालतिरको कुरा हो, यो । मलाई उनी असाध्यै मन परिन् । मनले उनीवाहेक अरुलाई स्वीकार गरेन । उनैतिर ध्यान जन्थ्यो । उनले पनि मलाई मन पराइन् । तर, दुवैका घरबाट सहमतिमा विहे गर्ने वातवरण थिएन ।

भक्तपुर, सूर्यविनायकको गणेश मन्दिरमा ‘भागी विवाह’ गर्ने निधो गर्यौंैै । श्रीमतीको माइती कुपण्डोलमा थियो । विहेको दिन उनी सीधै सूर्यविनायक आइन् । विहे गरेपछि उनलाई घर लैजाने चान्सै थिएन । त्यसैले बिहेको एक दिनअघि न्युरोडमा कोठा भाडामा लिएँ । ६० रुपैयाँ ोठा भााडा सथयो । त्यसपछि साथीहरुसँग मिलेर बिहे भोजका लागि सरसामान किनियो ।

भोलीपल्ट उनी दुलहीको रातो पहिरनमा आइन् । मैले पनि कोट प्यान्ट लगाएको थिएँ । सामान्य माला र औँठी लगाएर विवाह गर्ने सोच थियो । तर, साथीहरुले भक्तपुरबाट पुरेत खोजेर ल्याए । मन्त्र पढेर दिनभरि लगाएरै विवाह गरियो । त्यस दिन इन्द्रजात्रा थियो । सञ्चयकोषका केही साथी र मेरा बाल्यकालका साथी नवीन चित्रकार, हरि ताण्डुकर, मंगलनारायण जोशी, तारा श्रेष्ठलगायत ३५ ४० जना थिए जन्ती । श्रीमती र मेरो परिवारबाट भने कोही थिएन । बिहेपछि साथीभाइलाई सामान्य भोज खुवाइयो । दुई हजार रुपैयाँजति खर्च भएको थियो बिहेमा । श्रीमती र मैले मिलेर खर्च गरेका थियौँ ।

त्यतिबेला सामान्य बिहे हुन्थे । कसैले कार्ड छापेर बिहे गर्यो भने हप्ता दिनसम्म त्यसकै कुरा हुन्थ्यो — ‘फलानाले त कार्ड छापेर विवाह गर्यो ।’ रंगीन तस्विर भर्खर भर्खरै आएको थियो । तर, हामीले केही ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो मात्र खिच्यैँ ।

हाम्रो भागी बिहे भएको १४ दिनपछि मेरो घरबाट बोलाइयो । घर कसरी जाने ? कसरी मुख देखाउने ?, परिवारले के भन्लान् ? भनेर चिन्ता लाग्न थाल्यो । बा प्रधानपञ्च हुनुहुन्थ्यो । एउटै छोरो भागेर विवाह गर्यो, त्यसमाथि अन्तर्जातीय । बुबा एकदमै रिसाउनुभएको थियो । १४ दिन पछि घर जाँदा मलाई एकदमै अप्ठ्यारो लागेको थियो । एकछिन बाउछोराको बोलचालै भएन । हेराहेर मात्रै भयो । बुहारीलाई विधिवत रुपमा भित्र्याउँछु भनेर बुबाले हामीलाई घरमा बोलाउनुभएको रैछ । नाताकुटुम्ब, साथीभाइ र गुठियार सबैलाई बोलाइएको थियो घरमा । त्यतिबेला हामी कााठमाडौँको झोछेँमा भाडामा बस्थ्यौँ । धुमधामले भोजभतेर गरेर बाले लगभग १० १२ हजारको रुपैयाँ खर्च गर्नुभएको थियो । अगाडी सबैले ‘राम्रै भयो, ठिक्रै छ’ भनेपनि पछाडि सबैले अन्त्र्जातीय विवह गरेको भनेर कुरा काट्थे । भोज नेवारी परम्पराअनुसार थियो ।

पहिलादेखि नै चिनजान भएकाले विवाहपछि एकअर्कासँग खुल्न खासै समस्या परेन हामीलाई । उनी चार वर्षसम्म माइती गइनन् । म त झन् ६ वर्षपछिमात्र ससुराल्री गएको थिएँ ।

सम्पूर्ण साप्ताहिकबाट

Madan Krishna Shrestha

विशेष