मनोरञ्जन

‘डेन्जर जोनमा पर्दा मेरो अवस्था काट्न लागेको खसीजस्तै हुन्थ्यो’ — प्रताप दास

‘डेन्जर जोनमा पर्दा मेरो अवस्था काट्न लागेको खसीजस्तै हुन्थ्यो’ — प्रताप दास

काठमाडौं । यतिबेला बजारमा सार्वधिक चर्चाको विषय बनेको छ नेपाल आइडल । आइडलमा खास मुस्कानको पगरी पाएका प्रताप दासले एक पत्रिकासँगको कुराकानीमा आफ्नो डेन्जर जोनको अनुभव साटेका छन् ।

प्रताप एकपटकमात्र नभएर धेरै पटक डेन्जर जोनमा परिसकेका छन् । आफ्नो अनुभव सुनाउँदै उनले एक पत्रिकालाई दिएको अन्त्र्वार्तामा भने, ‘म त धेरै पटक डेन्जर जोनमा परिसकें । सुरु सुरुमा त धेरै डर लाग्थ्यो । दशैँमा काट्न ठिक पारेका खसीजस्तै हुन्थ्यो मेरो अवस्था । अहिले त समान्य लाग्छ । त्यो सबै जनताको हातमा छ ।’

आफू डेन्जर जोनमा पर्दा आफू नै सबैभन्दा कमजोर प्रतिस्पर्दी भएको कल्पना गर्न थाल्छन् उनी । यस हप्ता दर्शकको कम भोट पाएका प्रतिस्पर्दीले नेपाल आइडल छोडेर जानुपर्नेछ भने अर्को हप्ता नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै छ ।

pratap das

विशेष