मनोरञ्जन

लिलाम गरिएको थियो सलमानले ‘जिने के है चार दिन’ मा बेरेको यो तौलिया

लिलाम गरिएको थियो सलमानले ‘जिने के है चार दिन’ मा बेरेको यो तौलिया

एजेन्सी । बलिउडमा फिल्मको गीतको लागि थुप्रै पैसा लगानी गरेर कस्टुम डिजाइन गरिन्छ । तर, ती कपडा न त बेचिन्छन् न त कलाकारहरुले नै प्रयोग गर्छन् । कतिपय कपडा भने लिलाम पनि हुन्छन् ।

अभिनेता या अभिनेत्रीले उक्त कपडा लगाएपछि ती कपडाहरु प्रोडक्सन हाउसमै थन्किन्छन् । यदि अरु फिल्ममा चाहीहाल्यो भने त्यसलाई फेरि मिलाएर पनि प्रयोग गर्ने चलन छ । कति अभिनेत्रीहरुले भने प्रोडसन हाउससँगको सहमतिमा आफूलाई मन परेको पहिरन काम गर्दाको स्मरणको लागिमात्र भएपनि लैजाने गरेको पाइन्छन् ।

तर, केहिले भने उनीहरुले प्रयोग गरेका कपडा लिलाम पनि हुन्छन् । ऐश्वर्या र रजनीकान्तले फिल्म ‘रोबोट’ मा लगाएको पहिरनलाई समाज सेवामा आबद्ध एउटा गैरसरकारी संस्थाका लागि पैसा जुटाउन लिलाम गरिएको थियो । त्यस्तै सलमान खानले फिल्म ‘मुझसे शादी करोगी’ को ‘जिने के है चार दिन’ बोलको गीतमा बेरेको तौलिया पनि लिलाम भएको थियो ।

विशेष