मनोरञ्जन

कस्तो छ सलमान र कट्रिनाको सम्बन्ध ?

कस्तो छ सलमान र कट्रिनाको सम्बन्ध ?

साउन १९ । बलिउड अभिनेता सलमान खान सधैँ आफू र अभिनेत्री तथा पूर्व प्रेमिका समेत रहेकी कट्रिनाको सम्बन्धबारे खुलेर बोल्न मान्दैनन् । तर, दर्शक सधैँ उनीहरु दुईको सम्बन्धको बारेमा जान्न उत्सुक हुने गर्छन् । फ्यानहरुका उत्सुकता मेटाउँदै अब कट्रिनाले सलमानसँगको सम्बन्धबारे मुख खोलेकी छिन् ।

सन् २०१२ पनि एकपटक फेरि पनि यी दुई फिल्म ‘टाइगर जिन्दा है’ मार्फत पर्दामा सँगै देखिदैँ छन् । एक अन्तर्वार्तामा कट्रिनाले भनिन्, ‘सलमान र मेरो जस्तो सम्बन्ध छ त्यो बिलकुल अलग छ । हाम्रो सम्बन्धलाई म शब्दमा बयान नै गर्न सक्दिन । यसलाई बयान गर्न पनि चाहँदिन । हामी दुई जुनै पनि विषयमा कुरा गर्न सक्छौैँ । हामी एक अर्कालाई धेरै सम्मान गर्छौं । जुन कुनै पनि सम्बन्धको लागि महत्वपूर्ण हुन्छ ।’

यसकासाथै कट्रिनाले सलमानसँग काम गर्नमा धेरै रमाइलो हुने र सलमानले सधैँ आफूलाई खुशी राख्ने बताइन् । सलमानलाई मनपर्ने कुराहरु पनि कमालका हुने र उनलाई टिभिमा देख्दा आफू धेरै खुशी हुने गरेको पनि बताइन् ।

उनीहरु अभिनित फिल्म ‘टाइगर जिन्दा है ’ डिसेम्बर २२ मा रिलिज हुँदै छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

 

 

Salman Khan Katrina Kaif

विशेष