मनोरञ्जन

यस्तो आयो आमीर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ को ट्रेलर

यस्तो आयो आमीर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ को ट्रेलर


साउन १९ । बलिउड अभिनेता आमीर खानको नयाँ फिल्म ‘सेक्रेट सुपरस्टार’ को ट्रेलर रिलिज भएको छ ।

फिल्ममा ‘शक्ति’ नाम गरेका एक संगित निर्देशकको भूमिकामा रहेका आमीरको स्पीचबाट ट्रेलरको सुरुवात भएको छ ।  फिल्म एक युवतीको कथामा आधारित रहेको छ । आफ्नो सपनालाई पूरा गर्ने तरखरमा रहेकी ती युवतीको सपनामा उनका बाबु बाधक बनिदिन्छन ।

फिल्मको कथा सानो शहरमा बस्ने एक युवतीको जीवनमा आधारित छ । जो एक गायिका बन्ने सपना बुनिरहेकी हुन्छिन् । उनी आफ्नो पहिचान लुकाएर गायिका बने तरखरमा लागेकी हुन्छिन् ।

तीनै युवतीले आफ्नो सपनाको लागि गर्ने संघर्षमा कथा घुमेको बताइएको छ । फिल्म यही अक्टोबर १९ मा रिलिज हुँदै छ ।

विशेष