समाज

नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेन, फेरि जीप पुरियो

नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेन, फेरि जीप पुरियो

साउन १९ । बुधबार रातीबाट अवरुद्ध चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अझै संचालनमा आउन सकेको छैन ।

रातीदेखिनै लगाातार पानी पर्दा सडक खुलाउन समस्या भएको हो । पहिरो खसेको स्थान कालीखोला छेउछाउमा रहेका यात्रुबाहक बसहरुलाई सिमल ताल तर्फ सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

उनले मुग्लिन तर्फ रहेका सवारी साधनहरुमा भने यात्रुहरु नरहेको जानकारी दिए । यस सडक खण्डमा कालीखोला र त्यसको २ सय मिटर नजिकै गरि ठूलो पहिरो खसेको छ ।

पहिरोले बुधबार राती एउटा बस त्रिशुलामा र्पुयाएको छ भने एउटा स्कार्पियो पुरिएको छ । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसैबीच, पृथ्वी राजमार्गअन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारास्थित तिक्क्राङमा गएको पहिरोले एउटा जीप पुरेको छ ।

पुरिएको जीपको नम्बर खुल्न सकेको छैन भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । पहिरो गएपछि केहीबेर राजमार्गसमेत अबरुद्ध भएको थियो ।

विशेष