मनोरञ्जन

‘सिजर्नशील कामको भविष्यवाणी गर्न सकिदैँन’

‘सिजर्नशील कामको भविष्यवाणी गर्न सकिदैँन’

साउन १९ । बलिउड स्टार आमीर खान प्रत्येक वर्ष राम्रा फिल्म पस्किदैँ आएका छन् । उनका पछिल्ला फिल्म ‘तारे जमिन पर’, ‘दंगल’ र अहिले रिलिजको क्रममा रहेको ‘सेक्रेट सुपरस्टार’ बालबालिकामा केन्द्रित रहेका छन् ।

भारतमा बालबालिकाको विषयमा केन्द्रित रहेर फिल्म नबनेकोमा आमीर गुनासो पोख्ने गर्छन् । फिल्म ‘सेक्रेट सुपरस्टार’ को ट्रेलर रिलिजको क्रममा बोल्दै आमीरले उक्त फिल्म एक पारिवारिक फिल्म भएको र त्यसको स्तर निकै उच्च रहेको बताए ।

कार्यक्रममा उनलाई सलमान र शाहरुखकोजस्तो स्टार्डमको चाहना हुन्छ की हुन्न भन्ने प्रश्नमा उनले भने, ‘म उनीहरुले निभाउने भूमिकाको प्रशंशक हुँ । तर, कहिल्यै उनीहरुसँग आफूलाई तुलना गर्दिन । म जे छु आफ्नो स्थानमा ठिक छु र सन्तुष्ट छु । मेरो कामले मैले कमाएका दर्शकप्रति नै म आभारी छु ।’

पछिल्लो समय सलमान र शाहरुखका फिल्मले बक्स अफीसमा कुनै कमाल गर्न सकेका छैनन् । यस सन्दर्भमा रहेर सोधिएको प्रश्नमा आमीरले सिर्जनशील कामको कहिल्यै भविष्यवाणी गर्न नसकिने बताए । उनले थपे, ‘त्यस्ता काम कहिले सफल हुन्छन् त कहिले असफल ।’ एक या दुईवटा फिल्मको असफलताले अरुको स्टार्डमलाई फरक नपार्नेमा उनी विश्वस्त देखिए ।

विशेष