मनोरञ्जन

‘कपिल शर्मा शो’ बन्द हुँदैन, डिप्रेसनबारे कपिलले मुख खोले

‘कपिल शर्मा शो’ बन्द हुँदैन, डिप्रेसनबारे कपिलले मुख खोले


साउन १९ । पछिलो समय ‘द कपिल शर्मा शो’ ले सञ्चारमाध्यममा खुब चर्चा पाइरहेको छ । कमेडियन कपिल शर्मालाई डिप्रेसन भएको देखि लिएर शो बन्द हुनेसम्मका खबरहरु सञ्चारमाध्यममा छाए । यसबारे कपिलले अब आफैँ मुख खोलेका छन् ।

एक अन्तर्वार्तामा बोल्दै कपिलले आफू डिप्रेसन नभएर ब्लड प्रेशरको समस्याबाट गुज्रिरहेको बताए । उनले भने, ‘पछिल्लो केही महिनायता मलाई फिल्म ‘फिरंगी’ र शोको कारणले गर्दा दिन रात काम गर्न परिरहेको छ । मलाई आफ्नो स्वास्थको ध्यान राख्न अलिकती पनि समय मिलिरहेको छैन । मैले व्यस्तताको कारण एक्सर्साइज पनि गर्न पाइरहेको छैन । यसको असर मेरो स्वास्थमा परिरहेको छ र म ब्लड प्रेसरको शिकार भएको छु । अहिले म वर्क आउट गर्न थालेको छु र मेरो स्वास्थमा पनि सुधार आइरहेको छ ।’

शो अफ एयर हुनेबारे बोल्दै उनले भने, ‘मलाई थाहा छैन किन मान्छेहरु मेरो बारेमा नकारात्मक कुरा गरिरहेका छन् । शो बन्द हुनेबारे सोनी च्यानलका कोही प्रवक्ताले पनि मसँग आएर कुरा गरेका छैनन् । म एक सिधा मानिस हुँ । अब मैले यी सबै कुराहरुलाई वास्ता गर्न छोडिसकेको छु । यसका साथै सोनी च्यानलका मानिसहरु निकै सहयोगी छन् र मलाई समर्थन पनि गर्छन् । मलाई टीआरपीको केही प्रेसर छैन र शो बन्द हुँदैन पनि ।’

विशेष