खेल मुख्य समाचार

ला लिगाले नेयमारको २ सय २२ मिलियन युरो अस्वीकार गर्यो, यस्तो छ कारण

ला लिगाले नेयमारको २ सय २२ मिलियन युरो अस्वीकार गर्यो, यस्तो छ कारण


साउन १९ । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेयमारका वकिलले पेश गरेको २२२ मिलियन युरो ला लिगाले अस्वीकार गरेको छ ।
२५ वर्षीय स्ट्राइकर नेयमार कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने तयारीमा छन् ।

उनले बुधबार मात्र बार्सिलोनालाई क्लब छाड्न चाहेको जानकारी गराएका छन् । लगतै बार्सिलोनाका प्रशिक्षकले ट्रेनिङ नगर्न भनेपछि नेयमार पेरिस पुगेका छन् ।

तर, रिलिज क्लजअनुसार नेयमारका वकिलले २२२ मिलियन युरोको चेक ला लिगामा बुझाएका थिए । तर, ला लिगाले यो अस्वीकार गरेको बीबीसीले जनाएको छ । स्पेनिस कानुन अनुसार कुनै पनि खेलाडीलाई आफू क्लबको अनुवन्धनबाट मुक्त हुने स्वतन्त्रता हुन्छ । तर, कति मूल्यमा स्वतन्त्र हुने पहिले नै निर्धारण गरिएको हुन्छ ।

ला लिगाले रिलिज क्लज अनुसारको रकम नबुझेपछि नेयमारको ट्रान्फर रोकिँदैन । फिफाले अनुमति दिएमा उनी पीएसजी जान सक्छन् । तर, बार्सिलोनासँग ट्रान्फर समय सकिएपछि फाइनान्सियल फेयर प्ले उल्लंघनको आरोपमा उजुरी गर्ने विकल्प हुनेछ ।

विशेष