इतिहासमा आज

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा लागे ५६ वर्षमा, यस्तो छ उनको जीवनी

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा लागे ५६ वर्षमा, यस्तो छ उनको जीवनी


अमेरिकी पूर्व राष्ट्रपति बाराक हुसेन ओबामाको जन्म ४ अगस्ट १९६१ मा अमेरिकाको हवाई राज्यमा भएको हो ।

उनी अमरीकाका ४४औं राष्ट्रपति भएका थिए । उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन् । ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार थिए । ओबामाले हार्भर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए ।

सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे । सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस अफ रेप्रीजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरीकी सेनेटतर्फ पर्यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वा्चित भए ।

१०९ औं कंग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारम्परिक हात हतियारमाथि नियन्त्रण तथा सङ्घीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे  । 

होनोलुलुमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका सन्तान हुन् । उनको अधिकांश प्रारम्भिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो । ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्ता (इण्डोनेशिया)मा आफ्नी आमा र इण्डोनेशियाई सानोबाबु (सौतेलो बाबु) सँग बिताए । बाल्यकालमा उनलाई बैरी नामले बोलाईन्थ्यो । पछि होनोलुलु फर्केपछि आफ्नो मावल घरमा बस्न थाले ।

१९९५ मा उनकि आमाको क्यान्सर रोगको कारणले मृत्यु भयो । ओबामाको विवाह १९९२मा मिसेलसित भएको हो जसबाट दुई छोरीहरू (मालिया र साशा) भए । ओबामालाई बाल्यकालमा लालन(पालन गर्ने हजुर आमा (मेडलिन दुनहम)को पनि २ नोभेम्बर, २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो ।

विशेष