मनोरञ्जन

सलमान र कैटरिना फेरि जोडिदै

सलमान र कैटरिना फेरि जोडिदै


साउन २० । आफ्नो पुरानी प्रेमिका कैटरिना कैफसँग बलिउड अभिनेता सलमान खान फेरि नजिकिएका छन् ।

सलमानसँग प्रेम सम्बन्ध टुटेपछि अभिनेत्री कैटरिना लामो समयदेखि रणवीर कपुरसँग प्रेम सम्बन्धमा थिइन् । पछिल्लो एक वर्षबाट कैटरिना र रणवीरको प्रेम सम्बन्ध टुटेपछि आजकल कैटरिना प्रेम सम्बन्धमा छैनन् ।

पछिल्लो समय उनी फिल्म ‘टाइगर जिन्दा है’मा सलमान खानसँग अभिनय गरिरहेकी छन् । पाँच वर्षपछि यो फिल्मबाट फेरि अभिनयमा सलमान र कैटरिना सँगै आउन लागेका हुन् । फिल्मको छायांकनसँगै यी जोडीले एक अर्कालाई केयर गर्न थालेका छन् । गत साता अमेरिकामा सम्पन्न आइफा अवार्डमा पनि सलमानले कैटरिनालाई जन्मदिनको विशेष शुभकामना दिँदै जन्मदिन कार्यक्रममा साथ दिए ।

यसै क्रममा कैटरिनाले सलमान खानको प्रशंसा गर्दै उनीसँगको सम्बन्ध अति राम्रो भएको बताएकी छन् ।

विशेष