मनोरञ्जन

सन्नी लियोनीको कण्डम एड फेरि पनि विवादमा, नेताहरुले दिए यस्तो प्रतिक्रिया

सन्नी लियोनीको कण्डम एड फेरि पनि विवादमा, नेताहरुले दिए यस्तो प्रतिक्रिया

साउन २१ । केही समयअघि भारतीय पूर्व पोर्नस्टार तथा अभिनेत्री सन्नी लियोनीले गरेको कण्डम एड फेरि पनि विवादमा आएको छ । यस विज्ञाापनमाथि गोवाका एक नेताले आपत्ती जनाएका छन् ।

गोवाका ती नेताले सन्नीले खेलेको उक्त विज्ञापन बन्द गरानुपर्ने माग गरेका छन् । उक्त विज्ञापनले आफूहरुलाईसमेत लाजमर्दो स्थितीमा पुर्याएको भन्दै ती नेताले विज्ञापनको विरोध गरेका हुन् ।

सन्नीको उक्त विज्ञापनको पहिला पनि विरोध भइसकेको थियो । एक पटक फेरि पनि यस विज्ञापनबारे आपत्ती जनाउन थालिएको छ । यस विज्ञापनले गोवाका मानिसहरुमा नकारात्मक प्रभाव पारेको आपत्ती जनाउँदै ती नेताले विरोध गरेका हुन् ।

यो भन्दा पहिले पनि रिपब्लिकन पार्टीकी महिला शाखाले सन्नीको कण्डम विज्ञापनबारे आपत्ती जनाएकी थिइन् । शाखाले उक्त विज्ञापनले लाजमर्दो स्थिती ल्याएको भन्दै त्यसलाई रोक लगाउन पनि खोजेकी थिइन् । विरोध भएपछि सन्नीले भनेकी थिइन् की, ‘जब म कुनै पनि ब्राण्ड साइन गर्छु, त्यसको नैतिक जिम्मेवारी पनि लिने गर्छु । यो विलकुल त्यस्तै छ जस्तो आमााले बच्चलाई जन्म दिएर यस संसारमा ल्याउँछिन् । कोही पनि दम्पतीले परिवारको प्लानिङ त्यतिबेला गर्छन् जब उनीहरुलाई लाग्छ की उनीहरु बच्चाको जिम्मेवारी सम्हाल्न लायक भइसकेका छन् ।’

Sunny Leone

विशेष