मनोरञ्जन

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै नेपाली चेली

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै नेपाली चेली


साउन २२ । भारतीय टेलिभिजन च्यानल एम टीभीबाट प्रशारण हुँदै आएको रियालिटी शो स्प्लिटस्भिल्ला मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् ।

अडिसनमा हजारौं मध्येबाट उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि सो प्रतियोगितामा छिन् । यो रियालिटी शोको दसौ श्रृङ्खला चलिरहँदा पहिलो पटक नेपाली चेली छनोट भएकी हुन् ।

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको यो शो मा। एमटीभीको रोडिज र स्प्लिटस्भिल्ला सवौधिक लोकप्रिय रियालिटी शो हो ।
भारतका चर्चित मोडलहरुको सहभागीता रहने यो शोमा इशाले उत्कृष्ट १२ मा स्थान बनाइसकेकी छिन् । उनले आफू चाडै नै नेपाली चलचित्रमा नायिकाको रुपमा देखापर्ने पनि बताइन् ।

विशेष