करियरको अन्तिम दौडमा धावक युजेन बोल्ट पराजित
साउन २२ । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम सय मिटर दौडमा पराजय भोगेका छन् ।
इङ्ल्यान्डको लण्डनमा जारी एथ्लेटिक्स विश्व च्याम्पियनसिपअन्तर्गत शनिबार राती भएको सय मिटर दौडमा बोल्ट तेस्रो भए ।
९ दशमलव ९२ सेकेण्डमा रेस सकाएका अमेरिकी धावक जस्टिन ग्याट्लिन पहिलो हुँदा ९ दशमलव ९४ सेकेण्डमा रेस सकाएका अर्का अमेरिकी धावक क्रिस कोलम्यान दोस्रो भए ।
तेस्रो स्थान लिएका बोल्टले ९ दशमलव ९५ सेकेण्डमा रेस सकाए । सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक जितेका बोल्टले ५ वर्षपछि त्यही रंगशालामा उक्त प्रदर्शन दोहो¥याउन भने सकेनन् ।
करियरमा २० औं स्वर्ण पदक जित्ने अभियानमा रहेका बोल्ट पराजित भएसँगै उनको विदाई खल्लो भएको छ ।