मनोरञ्जन

अभिनेता खान दम्पतीलाई नै स्वाइन फ्लु

अभिनेता खान दम्पतीलाई नै स्वाइन फ्लु

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु लागेको छ ।

उनीहरु दुवै अहिले घरमा नै उक्त रोगको उपचार गराइरहेका छन् । स्वाइन फ्लु प्रभावित भएपछि ५२ वर्षीय आमिर पुनेमा भएको पानी फाउन्डेशनको वार्षिक पुरस्कार वितरण कार्यक्रममा पनि पुग्न सकेनन् ।

आमिर खानले आइतबार पानी फाउन्डेशनको भिडियो कन्फ्रेन्सिङमा आफूलाई स्वाइन फ्लु भएको र चिकित्सकहरुले आराम गर्न सुझाव दिएको बताए ।

बलिउडकै अर्का अभिनेता शाहरुख खान उनको अनुरोधमा कार्यक्रममा उपस्थित भएका थिए ।

विशेष