मुख्य समाचार

कुसुन्तीमा गोली हानाहान, इन्काउन्टरमा लागूऔषध कारोबारीको मृत्यु

कुसुन्तीमा गोली हानाहान, इन्काउन्टरमा लागूऔषध कारोबारीको मृत्यु


काठमाडौं । ललितपुरको कुसुन्तीमा गोली चलेको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको घरमा पुगेको प्रहरी टोलीमाथि उनले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको थियो । सो क्रममा खत्रीलाई गोली लागेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले उनको घरबाट दुई वटा पेस्तोल भेटिएको बताए ।

 

विशेष