समाज

जनस्वास्थ्यका कर्मचारीद्वारा कार्यालयभित्रै आत्महत्या !

जनस्वास्थ्यका कर्मचारीद्वारा कार्यालयभित्रै आत्महत्या !

साउन २३ । जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका कर्मचारी नवीन चौधरीले कार्यालयभित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।

बबरगञ्ज गाविसका चौधरी गत माघदेखि खरिदारका रुपमा जनस्वास्थ्यमा कार्यरत थिए ।

कार्यालय सहयोगी दयाराम चौधरीका अनुसार डेरामा बस्दै आएका नवीन शनिबार राति पर्खाल नाघेर कार्यालय परिसरभित्र छिरेका थिए । निद्रा लागेन बरु काम गर्छु भनेर राति १ बजे कार्यकक्षमा जान उनले साँचो मागेको सहयोगीले बताए ।

नवीनको शव आइतबार कार्यालयको सिंढी नजिक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनायो । अविवाहित चौधरी २६ वर्षका थिए ।

कान्तिपुर

विशेष