इतिहासमा आज

आज चन्द्रग्रहण लाग्ने के गर्न हुन्न

आज चन्द्रग्रहण लाग्ने के गर्न हुन्न


काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर छ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एकबजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

एकघण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कनेछ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो दुई बजेर सातमिनेटदेखि भोजन निषेध गरिएको छ ।

विशेष