खेल

चेल्सीलाई हराउँदै आर्सनल बन्यो च्याम्पियन

चेल्सीलाई हराउँदै आर्सनल बन्यो च्याम्पियन

काठमाडौं । यस वर्षको कम्युनिटी सिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ ।

वेम्बले रंगशालामा गएराति भएको खेलमा प्रतिद्वन्द्वी चेल्सीलाई टाई ब्रेकरमा हराउँदै आर्सनलले नयाँ सिजनको पहिलो फुटबल प्रतियोगिताको रुपमा कम्युनिटी शिल्ड जितेको हो । कम्युनिटी सिल्डमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताले खेल्ने प्रावधान छ ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र स्ट्राईकर अल्भारो मोराटाको प्रहार बिफल भएपछि आर्सनलले उपाधि जितेको हो ।

जितसँगै आर्सनलले नयाँ सिजनको इङ्लिस फुटबलमा ताजा दावेदारी दिएको छ भने साविक विजेता चेल्सी अर्को हप्ता सुरु हुने लिग पूर्व नै दबाबमा आएको छ ।

विशेष