खेल

निलम्बनमा परे रविन्द्र जडेजा, यस्तो छ कारण

निलम्बनमा परे रविन्द्र जडेजा, यस्तो छ कारण


भारत । आईसीसीको कोड अफ काण्डक्ट उल्लङ्घन गरेपछि बिश्व नम्बर १ टेस्ट बलर रबिन्द्र जडेजा निलम्बनमा परेका छन् ।

जडेजा १ टेस्टको निलम्बनमा परेका हुन् त्यसकारण श्रीलंकासंग १२ अगस्टमा हुने तेश्रो टेस्ट खेल्न पाउने छैनन्  । पछिल्लो २ बर्षमा जडेजाबिरुद्द ६ वटा डिमेरिट पोइन्ट ( खेल भावना बिपरित काम गर्दा नकारात्मक अंक ) दर्ता भइसकेको थियो । त्यसैले आईसीसीले आफ्नो धारा २.२.८ को अन्तर्गत उनलाई दोषी ठहर्याउदै १ टेस्टको प्रतिबन्ध, म्याच फिको ५० प्रतिशत जरिवाना तथा ३ वटा डिमेरिट पोइन्ट दिएको हो ।

धारा २.२.८ मा खेलको दौरान खेलाडी, अम्पायर, समर्थक या म्याच रेफ्रीलाई बल या अरु कुनै बस्तु जस्तै पानीको बोतल लगायत फ्याँक्न नपाइने उल्लेख छ ।

विशेष