मनोरञ्जन

प्रदिपलाई फिल्मको ओइरो, ७ लाख बढाए पारिश्रमीक

प्रदिपलाई फिल्मको ओइरो, ७ लाख बढाए पारिश्रमीक


साउन २४ । कुनै समय फिल्म नचलेर विदेश जान तयारी अवस्थामा रहेका नायक प्रदिप खड्कालाई यतिबेला सफलताको ओइरो लागेको छ । फिल्म ‘प्रेमगीत २’ को सफलतासँगै प्रदिपले यतिबेला १५ लाखमा फिल्म ‘रानीमहल’ मा साइन गरेको खबर बाहिरिएको छ ।

केही दिनअघि पूर्व युवराज दिपेन्द्र सरकारको प्रेम कथामा आधारित फिल्ममा पनि अनुबन्धित भएका प्रदिपलाई यतिबेला फिल्मको कमी छैन । सन्तोष सेनको निर्माणमा बन्न लागेको उक्त फिल्मबारे अन्य जानकारी भने दिइएको छैन । तर, फिल्मको सुटिङ अलि ढिलै सुरु हुने भएकाले प्रदिपले ताएका छन् ।

‘प्रेमगीत’ को सफलतासँगै प्रदिपले आफ्नो पारिश्रामिक ७ लाखले बढाएका छन् । यतिबेला प्रदिपले १५ लाख पारिश्रामिकमा फिल्म ‘रानीमहल’ मा काम गर्न लागेको खबर बाहिरिएको हो । उनलाई साथ दिन नायिका सन्ध्या केसी फाइनल भएकी छिन् ।

विशेष