समाज

बेलहिया नाकामा भारतको कडाई, बीच बाटोमै रोकिए हजारौं सवारीसाधन

बेलहिया नाकामा भारतको कडाई, बीच बाटोमै रोकिए हजारौं सवारीसाधन

रुपन्देही । रुपन्देहीको बेलहिया नाकामा चेकजाँचमा कडाई हुन थालेपछि भारतीय सवारी साधनहरु नवलपरासीको नाका भएर जान थालेका छन् ।

बेलहिया नाकाबाट आवात जावत गर्ने सवारी साधनमाथि भारतीय एसएसबी फोर्सले चेकजाँचमा एक्कासी कडाई गर्न थालेको छ । जसका कारण उक्त नाकामा सवारीसाधनको चाप बढेको छ ।

चाप बढेपछि बेलहिया नाकाहुँदै भारतबाट मालसामान लिएर नेपाल आएका सवारी साधनहरु नवलपरासीको महेशपुर नाकाहुँदै फर्किन थालेका हुन् । सदरमुकाम परासी हुँदै महेशपुरबाट भारतको ठूठीबारी प्रवेश गरेर भारत जान लागेका मालबाहक ट्रकको चापले परासी–महेशपुर सडक खण्ड व्यस्त बनेको छ ।

बेलहिया नाकामा घण्टौं कुर्नुपर्ने भएकाले महेशपुर नाकामा ट्रकहरुको चाप बढेको सशस्त्र प्रहरी बिओपी हरपुरले जनाएको छ । महेशपुर नाकामा सोमबारमात्र करिब ६ सयको हाराहारीमा भारत जान लागेका ट्रकहरुको लाईन रहेको सशस्त्र प्रहरी निरीक्षक रविन थापाले बताए ।

विशेष