मनोरञ्जन

‘रोमान्स किङ’ मानिने शाहरुखको ‘लभ’ बारे यस्तो परिभाषा

‘रोमान्स किङ’ मानिने शाहरुखको ‘लभ’ बारे यस्तो परिभाषा

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई बलिउडमा ‘रोमान्स किङ’ को संज्ञा दिइन्छ । उनले खेलेका प्रेमका कथामा आधारित फिल्महरुले बक्स अफीसमा कमालको व्यापार गरेपछि शाहरुखलाई पनि ‘रोमान्स किङ’ को उपाधी भिडाइयो ।

तीनै रोमान्स किङले प्रेमबारे आफ्नो परिभाषा दिएका छन् । माया प्रेमबारे बताउँदै उनले भने, ‘अहिलेका प्रेम सम्बन्धहरु व्यावहारिक रुपमा अघि बढेको छ । तर, मलाई यस्तो भन्दा पनि पुरानै जमानाको प्रेममा विश्वास लाग्छ । कसैलाई माया गर्न कुनै पनि आधार हुनु हुँदैन । बिना कुनै आधार र कारण माया गर्न सक्नुपर्छ । जुन अहिलेको प्रेम सम्बन्धमा विरलै पाइन्छ । जस्तो आमाबाबुले आफ्ना बच्चालाई बिना कुनै कारण र आधार नै माया गर्छन् ।’

यतिबेला शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ प्रदर्शनरत रहेको छ । फिल्मबो आएको मिश्रित प्रतिक्रियाले यस वर्ष पनि शाहरुखले दर्शक रिजाउन नसकेका निष्कर्ष निस्किएका छन् । फिल्मलाइ इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

sharukh Khan

विशेष